+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अटो

नेपाली बजारमा विश्व प्रसिद्ध प्रिमियम अटो ब्राण्ड ‘बीएमडब्लू उपलब्ध: वितरक लक्ष्मी प्रिमियम मोटर्स

जनवाच
३ घण्टा अगाडी

काठमाडौं, २६ जेठ – बीएमडब्लु iX2 इलेक्ट्रिक SAV अब नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ। बीएमडब्लुको नेपालस्थित आधिकारिक आयातकर्ता र वितरक लक्ष्मी प्रिमियम मोटर्सले राजधानी काठमाडौंमा यो गाडी सार्वजनिक गरेको छ।

एकसय किलोमिटरदेखि प्रति १५.४ किलोवाट मात्र उर्जा खपत गर्ने यस गाडी शून्य उत्सर्जन भएको प्रिमियम कम्प्याक्ट एसएभी सेग्मेन्टको उत्कृष्ट रोजाई भएको बताइएको छ । बीएमडब्लू ईभी गाडीहरु जस्तै, नयाँ बीएमडब्लू आईएक्स२ मा पनि पाँचौ पुस्ताको बीएमडब्लू ईड्राइभ प्रविधि प्रयोग गरिएको छ । यसले २५० एनएम टर्क उत्पादन गर्छ । गाडी ८.६ सेकेन्डमा शून्यदेखि एक सय किलोमिटर प्रतिघण्टाको गतिमा गुडाउन सकिने कम्पनीको दाबी छ । गाडीको अधिकतम गति १७० किमी प्रतिघण्टा रहेको छ ।
गाडीमा ६६.५ किलोवाटको ब्याट्री क्षमता प्रयोग गरिएको छ ।

iX2 मा रहेको कम्बाइन चार्जिङ युनिट को माध्यमबाट ११ किलोवाट एसी चार्जिङ स्ट्यान्डर्ड रूपमा उपलब्ध छ भने १३० किलोवाट डीसी फास्ट चार्जिङ पनि सपोर्ट गर्दछ। स्मार्ट थर्मल प्रि-कन्डिसनिङ र उन्नत चार्जिङ सफ्टवेयरको उपयोगले ब्याट्रीको दीर्घायु र चार्जिङ गतिको उच्चतम उपयोग सुनिश्चित गर्छ।

गाडीको इन्टेरियरमा Vernasca लेदर सिट, प्यानोरामिक ग्लास रूफ, डुअल-जोन अटोमेटिक एसी, र १२ स्पिकरको हर्मन कार्डन साउण्ड सिस्टम रहेको छ, जसले यात्रालाई न केवल सजिलो,  विलासी बनाउछ।

बीएमडब्लु iX2 मा चालक र यात्रुका लागि एयरब्याग, डाइनामिक ब्रेक कन्ट्रोल (DBC), अटो होल्डसहितको इलेक्ट्रोमेकानिकल पार्किङ ब्रेक, र इन्ग्रेटेड ब्रेकिङ सिस्टम जस्ता सुविधा छन्। साथै, ड्राइभ-अफ असिस्टेन्ट र अटेन्शननेस असिस्टेन्ट जस्ता प्रणालीले यात्रालाई थप सहज र सुरक्षित बनाउछन्।

तीनकुने, काठमाडौंस्थित अत्याधुनिक शोरूमबाट लक्ष्मी प्रिमियम मोटर्सले हाल X1, X2, X3, X4, X7, iX1, iX3, X5 (PHEV), 5 Series (PHEV) र 7 Series जस्ता बीएमडब्लुका मोडलहरु उपलब्ध गराइरहेको छ। iX2 को थपिएको उपस्थितिले नेपालको प्रिमियम EV बजारमा बीएमडब्लुको वर्चस्व अझ बलियो बनाउने निश्चित देखिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ