+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकिङ सफलता

दुई करोड पुँजीसहित स्याङ्जाबाट उदायको गरिमा बिकास बैंक सातै प्रदेशमा, चुक्तापुँजी ५ अर्ब ६८ करोड पुग्यो

जनवाच
३ महिना अगाडी

काठमाडौं । बैंकिङ व्यवसायमा निकै आरोह अवरोहकाबीच गरिमा विकास बैंकले तीब्र छलाङ मारेको छ । २०६४ सालमा स्याङ्जाको वालिङबाट जम्मा दुई करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजीसहित शुरु भएको बैंक आज सातवटै प्रदेशमा बैंकिङ सेवा विस्तार गर्न सफल भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मंसिर मसान्तसम्म आइपुग्दा बैंकको चुक्ता पुँजी बढेर ५ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।
देशका सातवटै प्रदेशमा शाखा सञ्जालको विस्तार १० वटा क्षेत्रीय कार्यालय ९१ हजार भन्दा बढी शेयरधनीहरू ८ लाख ७० हजार भन्दा बढी निक्षेपकर्ताहरुबाट रु. ८६ अर्ब ३१ करोड विशेष संकलन गरि हाल बैंकले करिब ३८ हजार ऋणीहरुलाई रु. ७३ अर्ब २१ करोड कर्जा प्रवाह गरेको छ ।

४ लाख ६० हजारभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता १ लाख ६७ हजार भन्दा बढी डेविट कार्डहोल्डरसहित १ हजार ४१ जना कर्मचारी संख्यासहित गरिमा विकास बैंक एक सबल एवं अग्रणी विकास बैंकको रूपमा स्थापित भएको छ।

वित्तीय प्रगति
तथापि विगत केही वर्षदेखि देशको समग्र आर्थिक गतिविधिहरूमा देखिएको संकुचनको अवस्था आर्थिक वर्ष २०८०/८१ मा समेत सुधार हुन नसकेको बैंकले जनाएको छ ।

‘विगतका केही वर्षहरुमा चरम तरलताको अभाव सामना गर्नुपरेको नेपालको बैंकिङ्ग क्षेत्रमा आर्थिक वर्ष २०८०/८१ मा पर्याप्त तरलतको अवस्था रही कर्जाको व्याजदर एकल अंकभन्दा तल हुँदा समेत उद्योगी व्यावसायीहरूको मनोबल उच्च हुन नसकेका कारण बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी विस्तार अपेक्षित हुन सकेन भने प्रवाह भएको कर्जाको साँवा व्याज असुली समेत प्रभावकारी देखिएन’ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्यायले बताए ।

अर्थिक गतिविधिहरूले अपेक्षित गति लिन नसक्नु बैंकिङ्ग क्षेत्रपति सर्वसाधारणको दृष्टिकोणमा आएको परिवर्तन र निरन्तर रूपमा वृद्धि हुँदै गईरहेको निष्क्रिय कर्जा अनुपात लगायतका विषयहरूले बैंकिङ्ग क्षेत्रमा थप चुनौति बढ्दै गईरहेको छ । यस्तो अवस्थामा अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा निक्षेप परिचालनमा ८.८१ प्रतिशतले वृद्धि भई बैंकको कुल निक्षेप रु. ८६ अर्ब ४ करोड पुगेको छ।

त्यसैगरी कर्जा लगानीमा ८.५८ प्रतिशले वृद्धि भई कुल कर्जा लगानी ७१ अर्ब १७ करोड पुगेको छ र समिक्षा वर्षमा खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा १.५० प्रतिशतले वृद्धि हुँदा समेत विकास बैंकले कर्जा नोक्सानी व्यवस्थामा ठूलो परिमाणको रकम छुट्याउनु परेको सीईओ उपाध्यायको भनाइ छ ।

समीक्षा अवधिमा बैंकमा अधिक तरलता कायम रहेका कारण विकास बैंकको खुद मुनाफा रु. ४३ करोड ४० लाखमा संकुचन हुन पुगेको छ विकास बैंकको कर्जा जोखिम न्यूनीकरण गर्न तथा समग्र जोखिम व्यवस्थापनलाई थप प्रभावकारी बनाई कार्य गर्ने रणनीति अनुरूप नोक्सानी व्यवस्थामा प्रयाप्त रकम छुट्याई विकास बैंकको कर्जा नोक्सानी व्यवस्था कोष थप सशक्त बनाउने प्रयास गरिएको उनले बताए।

समिक्षा वर्षमा गरिमा विकास बैंकको व्यावसायको वृद्धि सँगसँगै विकास बैंकको विद्यमान संरचनालाई सरल बनाउने सेवा प्रवाहको गुणस्तर बृद्धि तथा सम्पतिको गुणस्तर कायम गर्ने कार्यमा समेत विशेष रूपमा जोड दिइएको समेत उनले बताए ।

 

बैंकको पहल
उत्पादन तथा रोजगारी सिर्जना गरी देशको अर्थतन्त्रलाई अगाडि बढाउनको लागि साना तथा मझौला उद्यम सँगसँगै उर्जा कृषि पूर्वाधार निर्माण लगायतका क्षेत्रहरूको निकै ठूलो भूमिका रहेको हुन्छ। यस विकास बैंकले कर्जा लगानीको सन्दर्भमा साना तथा मझौला र उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी अर्थतन्त्रका हरेका क्षेत्रमा सन्तुलित कजा प्रवाह गर्ने कार्यलाई जोड दिएको छ।

विकास बैंक बैंकिङ्ग क्षेत्रमा विकास भएका आधुनिक उपकरण तथा प्रविधिको प्रयोगसँगै निम्न तथा ग्रामीण क्षेत्रका सेवाग्राहीलाई सरल, सुलभ ग्राहकमैत्री तथा प्रविधिमैत्री ढंगवाट सेवा प्रवाह सँगसँगै समुदायको दिगो आर्थिक विकासमा सदेव प्रतिवद्ध रहेको सीईओ उपाध्यायले बताए ।

मानव संसाधन विकास बैंकका अमुल्य सम्पति हुन र उनीहरूमा गरिएको उपयुक्त लगानीले मात्र संस्थालाई दीर्घकालसम्म प्रतिफल दिन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै बैंकले कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि आन्तरिक एवं बाहय तालिम, सेमिनार एवं गोष्ठीहरुमा सहभागी गराउने तथा उनीहरुको वृत्ति विकास र सशक्तिकरणमा विशेष ध्यान दिइएको उनले बताए ।

चुनौंतीपूर्ण परिस्थितिहरूमा समेत सञ्चालक समितिको दुरदर्शी तथा निरन्तर मार्गदर्शन र कर्मचारीहरुको कठोर परिश्रमका कारण विकास बैंक लगानीकर्ताहरुलाई उच्चतम प्रतिफल प्रदान गर्ने लक्ष्यमा प्रतिवद्ध रहेको सीईओ उपाध्यायले दाबी गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ