काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ जारी गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले कुल १८ लाख ४५ हजार कित्ता आइपीओ जारी गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ७५ कराड रुपियाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपियाँबराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् २ करोड २५ लाख रुपियाँ बरारबको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट भइसकेको छ ।
बाँकी ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत शेयर कम्पनीका कर्मचारीलाई छट्याइएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।