+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी ठगी

रविको रिहाईको माग गर्दै सिमरा विमानस्थलमा समर्थको प्रदर्शन

जनवाच
४ महिना अगाडी

काठमाडौं । सहकारी ठगी मुद्दामा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेको रिहाईको माग गर्दै उनका समर्थकले सिमरा विमानस्थलमा प्रदर्शन गरेका छन् ।
सोमबार रवि लामिछानेलाई पोखराबाट प्रहरीले काठमाडौँहुँदै पर्सा लगेको थियो। सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएकोमा सो क्रममा सिमरा विमानस्थलमा रविका समर्थकले प्रदर्शन गरेका हुन् ।

वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलनमा सभापति रविको समेत संलग्नता देखिएपछि पर्सा प्रहरीले उनलाई हिरासतमा लिन अनुमति मागेको थियो । सोही बमोजिम पर्सा जिल्ला अदालतले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्न अनुमति दिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ