+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डेडिकेटड र ट्रंक लाइन विवाद

अन्ततः विद्युत प्राधिकरण उद्योगमा लाइन जोड्न बाध्य भयो, १५ दिनपछि फेरि काटिन सक्ने

जनवाच
५ महिना अगाडी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा लाइन जोड्न सुरु गरेको छ । मन्त्रिपरिषद्रको निर्णयपछि बसेको प्राधिकरणको बोर्ड बैठकले विद्युत लाइन काटिएका सबै उद्योगमा लाइन जोड्ने निर्णय गरेसँगै प्राधिकरणले मंगलबार साँझदेखिनै लाइन जोड्न सुरु गरेको हो ।
प्राधिकरणले मातहतका कार्यालयहरूलाई लाइन जोड्न पत्राचार गरेको छ।

मंगलबार राति ११ बजेदेखि लाइन जोड्न सुरु गरेको प्राधिकरणले मंगलबार राति नै ६ वटा उद्योगमा लाइन जोडिएको थियो । बुधबार बिहानैदेखि पुनः लाइन जोड्ने कार्य थालेको प्राधिकरणले आज बाँकी सबै उद्योगहरुमा लाइन जोडिसक्ने जनाएको छ । २८ वटा उद्योगहरु मध्ये हिजो ६ वटा उद्योगमा लाइन जोडिएको र बाँकी २२ वटामा आज जोडिने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।
तथापि, सरकारले १५ दिन भित्र टिओडी मिटरको आधारमा महसुल उठाउने निर्णय समेत गरेकाले उद्योगले महसुल नबुझाए फेरि विद्युत लाइन काटिन सक्ने देखिएको छ ।
डेडिकेटड र ट्रंक लाइन महसुल विवादमा उद्योगले बक्यौता भुक्तानी नगरेपछि प्राधिकरणले कात्तिक ८ गते ३४ ठूला उद्योगको लाइन काटेको थियो । त्यसमध्ये ६ उद्योगले किस्तामा महसुल बुझाउन थालेपछि प्राधिकरणले यसअघि नै लाइन जोडिसकेको थियो।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ