बैंकक, २१ चैत – औपचारिक भ्रमणका लागि थाइल्यान्ड पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैंककमा थाइल्यान्डका वरिष्ठ व्यवसायीसँग भेटवार्ता गर्ने । भेटका क्रममा नेपाल–थाइल्यान्ड व्यापारिक सम्बन्धलाई मजबुत बनाउने, नयाँ लगानीका सम्भावना खोज्ने र दुई देशबीचको आर्थिक सहकार्यलाई अझ विस्तार गर्ने विषयमा छलफल हुने ।