+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण : सम्बन्ध विस्तारमा महत्वपूर्ण छलफल हुँदै

प्रधानमन्त्री ओली आफ्नो सम्मानमा आयोजना गरिएको दिवभोजमा सहभागी हुनेछन् भने उनले आजै थाइ राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्नेछन्।

जनवाच
२ हप्ता अगाडी

काठमाडौं, चैत १९ – नेपाल र थाइल्याण्डबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमणमा छन्। आज उनले आफ्नो थाइ समकक्षी पेतोङत्रान सिनावात्रासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीको यो भ्रमण नेपालका प्रधानमन्त्रीबाट थाइल्याण्डको पहिलो औपचारिक भ्रमण हो। परराष्ट्र मन्त्रालयका अनुसार, वार्तापछि संस्कृति र पर्यटन प्रवर्द्धनका लागि सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ। साथै, दुई देशका व्यावसायिक तथा गैरसरकारी संस्थाहरूबीच छवटा सहमतिपत्र आदानप्रदान गरिनेछ।

भेटवार्ताअघि थाइ प्रधानमन्त्री सिनावात्राले प्रधानमन्त्री ओलीको सम्मानमा स्वागत समारोह आयोजना गरेका थिए। यसपछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ