+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

राष्ट्रवादी आन्दोलनका योद्धा दीपक बोहोराको निधनमा , राप्रपाद्वारा तीन दिने शोक घोषणा

राप्रपाले बोहोराको योगदानको सम्मानस्वरूप पार्टीका सबै तहमा शोक कार्यक्रम गर्ने निर्णय गरेको छ। पार्टीले शोकको समयमा नेता बोहोराले देखाएको राष्ट्रवादी विचार र राजनीतिक योगदानलाई स्मरण गर्न आग्रह गरेको छ।

जनवाच
२ हप्ता अगाडी

काठमाडौं, चैत १९ – राष्ट्रवादी आन्दोलनमा महत्वपूर्ण योगदान दिएका राप्रपाका वरिष्ठ नेता तथा सांसद दीपक बोहोराको मंगलबार दुःखद निधन भएको छ। काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।

बोहोराको असामयिक निधनप्रति राप्रपाले गहिरो शोक व्यक्त गर्दै तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने, कुनै औपचारिक कार्यक्रम नगर्ने तथा शोक मनाउने निर्णय गरेको छ।

राष्ट्रवादी आन्दोलनलाई अपूरणीय क्षति
रुपन्देही क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका बोहोराले नेपाली राजनीतिमा राष्ट्रवादी धारको मजबुत प्रतिनिधित्व गरेका थिए। राप्रपाले जारी गरेको विज्ञप्तिमा उनको निधनले पार्टी मात्र होइन, नेपालको राष्ट्रवादी आन्दोलनले एक निष्ठावान् नेता गुमाएको उल्लेख छ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार, दिवंगत नेता बोहोराको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिने छ। त्यसपछि बुधबार नै पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ