काठमाडौं – संघीय संसद्को हिउँदे अधिवेशन आजबाट औपचारिक रूपमा समाप्त हुँदैछ। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते राति १२ बजेपछि अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
संविधानको धारा ९३ अनुसार संसद् अधिवेशनको आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ। यसैअनुसार सरकारले संसद्को हिउँदे अधिवेशन टुंग्याउने निर्णय लिएको हो।
गत १८ माघमा सुरु भएको हिउँदे अधिवेशनमा विभिन्न विधेयकहरू पेश भएका थिए। अधिवेशनभर कानुन निर्माण, नीति–निर्माण, र बजेट कार्यान्वयनसम्बन्धी छलफलहरू भए पनि केही विधेयकहरू अझै पारित हुन बाँकी रहेका छन्।