+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

प्रतिनिधिसभाको अन्तिम बैठक: तीन महत्वपूर्ण विधेयक पारित हुने तयारी

जनवाच
२ हप्ता अगाडी

काठमाडौं – प्रतिनिधिसभाको अन्तिम बैठक आज बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विभिन्न महत्वपूर्ण विधेयकहरू पारित गर्ने तयारी गरिएको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैटौँ वार्षिक प्रतिवेदन संसदमा पेश गर्ने कार्यक्रम रहेको छ।

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएका संशोधनहरूबारे छलफल गर्न प्रस्ताव राख्नेछन्।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरी पारित गराउने प्रस्ताव पेश गर्ने कार्यक्रम छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जलस्रोत विधेयक, २०८१ माथि छलफल गरी पारित गराउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रतिनिधिसभाको यो अन्तिम बैठक भएकाले सरकारले महत्त्वपूर्ण विधेयकहरू पारित गराउने तयारी गरेको हो। संसदको कार्यकाल समापन अघि ती विधेयक पारित गरिनु सरकारका लागि प्राथमिकतामा रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ