+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

कुलमानको बर्खास्तीप्रति रवि लामिछानेको मौन असहमति, ‘मैनबत्ती’मार्फत संकेत

जनवाच
३ हप्ता अगाडी

काठमाडौं, १२ चैत – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांकेतिक विरोध जनाएका छन्। लामिछानेले सामाजिक सञ्जालमा कुनै शब्द प्रयोग नगरी एक भिडियो पोस्ट गर्दै आफ्नो असहमति व्यक्त गरेका छन्।

भिडियोमा उनी पहिले बलिरहेको बत्ति निभाएर मैनबत्ती बाल्दै देखिन्छन्। कुनै प्रत्यक्ष प्रतिक्रिया नदिए पनि उनको यो क्रियाकलापलाई सरकारको निर्णयप्रति असहमतिको संकेतका रूपमा हेरिएको छ। भिडियोको क्याप्सनमा उनले लेखेका छन्, “कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन् !”

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाई हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। तर, सरकारको यो निर्णयप्रति सत्तारुढ दलभित्रैबाट समेत असहमति देखिन थालेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ