+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति, ‘प्रचण्ड’ चर्को आलोचना

जनवाच
३ हप्ता अगाडी

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीप्रति विभिन्न राजनीतिक वृत्तबाट चर्को असन्तुष्टि व्यक्त भइरहेको छ। यसैक्रममा, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि सरकारको निर्णयको तीव्र आलोचना गरेका छन्।

प्रचण्डले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कुलमानको योगदानको प्रशंसा गरेका छन्। उनले भने, “लोडसेडिङको अँध्यारो हटाएर नेपाललाई उज्यालो बनाउने नेतृत्व कुलमान घिसिङले गरे। सरकारको पछिल्लो कदम जनताको पक्षमा छैन, यो निर्णय पुनर्विचार गर्नुपर्छ।”

सरकारले कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशक नियुक्त गरेको छ। तर, यो निर्णयले सरकारप्रति गम्भीर प्रश्न खडा गरेको छ। कुलमानलाई हटाउने उद्देश्य लामो समयदेखि देखिएको भए पनि अन्ततः मन्त्रिपरिषद्को बैठकबाट बर्खास्तीको निर्णय हुनुले विभिन्न क्षेत्रबाट असन्तोष उत्पन्न गराएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ