+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

आजको मौसमःपाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना

जनवाच
३ हप्ता अगाडी

काठमाडौं, ११ चैत – देशका विभिन्न भागमा हाल पश्चिमी वायु तथा स्थानीय वायूको प्रभाव रहेको छ, जसका कारण केही स्थानमा मौसम परिवर्तनशील देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुन सक्छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य भागमा आंशिक बदली रहनेछ। कोशी र मधेश प्रदेशका केही स्थान तथा अन्य पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ