काठमाडौं, ७ चैत । नेपालले दक्षिण एसियाली मुलुकहरूबीच सबैभन्दा खुसी राष्ट्रको रूपमा स्थान बनाउँदै २०२५ को वर्ल्ड ह्याप्पिनेस रिपोर्ट मा शीर्ष स्थान हासिल गरेको छ।
रिपोर्टअनुसार नेपाल विश्वस्तरमा ९२औं स्थानमा रहँदा, पाकिस्तान १०९औं, भारत ११८औं, श्रीलंका १३३औं र बंगलादेश १३४औं स्थानमा रहेका छन्। चीन भने तुलनात्मक रूपमा अगाडि रहँदै ६८औं स्थानमा परेको छ।
विश्वकै सबैभन्दा खुसी मुलुकको सूचीमा लगातार शीर्ष स्थान ओगट्दै आएको फिनल्यान्ड फेरि पहिलो भएको छ। डेनमार्क, आइसल्यान्ड, स्वीडेन, नेदरल्याण्डस्, कोस्टारिका, नर्वे, इजरायल, लग्जम्बर्ग, र मेक्सिको क्रमशः शीर्ष १० खुसी देशमा परेका छन्।
खुसी मापनका लागि जीवनको मूल्यांकन, सकारात्मक सोच, नकारात्मक भावना तथा समग्र भावनात्मक सन्तुलन आधार मानिएको रिपोर्टले जनाएको छ। नेपालले दक्षिण एसियाका अन्य देशहरूलाई पछाडि पार्दै खुसीको मापनमा उत्कृष्ट प्रदर्शन गर्नु सुखद संकेतका हो।