+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

सानिमा जीआइसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

जनवाच
१ महिना अगाडी

काठमाडौं, ७ चैत – सानिमा जीआइसी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। कम्पनीले सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

सानिमा इन्स्योरेन्सले चैत ८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म सेयर कायम गर्ने सेयरधनीहरूले मात्र लाभांश पाउनेछन्। साथै, उनीहरू आगामी चैत २१ गते हुने वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

कम्पनीको वार्षिक साधारण सभा अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे बस्नेछ। सभामा यसअघि पारित २५ प्रतिशत हकप्रद सेयरलाई संशोधन गरी १७ प्रतिशतमा सीमित गर्ने प्रस्ताव पारित गरिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ