+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

सिरहामा दलित परिवारमाथि अमानवीय व्यवहार: महायज्ञका लागि घर भत्काइयो, माटोसहित हटाइयो

जनवाच
१ महिना अगाडी

सिरहा, ७ चैत – सिरहाको औरही गाउँपालिका–५ मा आयोजना हुन लागेको विष्णु महायज्ञका लागि स्थानीय एक डोम परिवारको घर बलजफ्ती भत्काइएको छ।

पीडित दीपक मरिक (डोम) को परिवारका अनुसार दलित समुदायका मानिस महायज्ञ स्थलमा बस्न नहुने भन्दै उनीहरूको घर भत्काइयो। फागुन १० गते डोजर लगाएर घर मात्र भत्काइएन, त्यहाँको दुई फिट माटोसम्म खनेर हटाइयो।

पीडित दीपककी श्रीमती अनिता मरिकले भनिन्, “बजरंगी बाबाको आदेश भन्दै हाम्रो घर भत्काइयो, हामीलाई त्यहाँबाट विस्थापित गरियो।”

यो घर मधेश प्रदेश सरकारले निर्माण गरिदिएको थियो। तर, स्थानीय प्रशासन र सरोकारवालाहरूले कुनै चासो नदेखाएको भन्दै पीडित परिवारले आक्रोश पोखेका छन्।

दलितमाथिको निरन्तर विभेद

नेपालमा कानुनी रूपमा जातीय भेदभाव निषेध गरिए पनि मधेश क्षेत्रमा अझै पनि दलित समुदाय उत्पीडनको शिकार भइरहेका छन्। मरिक परिवारले न्यायका लागि गुहार मागे पनि अहिलेसम्म कुनै सम्बोधन भएको छैन।

यो घटनाले नेपालमा जातीय विभेद हटाउन अझै धेरै संघर्ष गर्नुपर्ने यथार्थ उजागर गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ