७ चैत – बिहीवार – आजको दिन कस्ताे रहला? ग्रह-नक्षत्रले के संकेत गर्छ? भाग्य चम्किने छ कि सचेत रहनुपर्ने समय हो? 🔮 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त तथा छरछिमेकका काममा सहयोग गर्नुपर्ने दिन छ। आध्यात्मिक यात्रामा जाने सम्भावना छ। जिम्मेवारी थपिनेछ र कार्यक्षेत्रमा सुधार हुनेछ। साथीभाइसँगको समयले मन प्रफुल्ल बनाउनेछ। 🔮 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आकस्मिक रूपमा धन लाभ हुने सम्भावना छ। आर्थिक कारोबारमा लाभ मिल्नेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। पारिवारिक जीवन सुमधुर रहनेछ। 🔮 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) ज्ञान बढ्नेछ, नयाँ कुरा सिक्ने अवसर आउन सक्छ। बौद्धिक क्षमतामा सुधार हुनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। आत्मविश्वास बढ्नेछ। 🔮 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अहंकारले सम्बन्ध बिग्रन सक्छ, त्यसैले संयम अपनाउनु होला। मानसिक चञ्चलता बढ्नेछ। तर, आर्थिक पक्ष राम्रो रहनेछ। 🔮 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारका सदस्यसँग राम्रो समय बित्नेछ। साथीभाइको सहयोग प्राप्त हुनेछ। अध्ययन तथा प्रतियोगितामा सफलता मिल्ने संकेत छ। 🔮 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) काम गर्ने इच्छाशक्ति बढ्नेछ। व्यवसाय तथा पेशागत क्षेत्रमा सफलता मिल्नेछ। मेहनतले राम्रो उपलब्धि दिलाउनेछ। 🔮 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सहयोगी भावना जाग्नेछ। दाम्पत्य सम्बन्ध सुदृढ हुनेछ। परोपकारी काममा लगानी गर्न मन लाग्नेछ। 🔮 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) जोखिमपूर्ण निर्णय नलिनुहोस्। आर्थिक पक्ष कमजोर हुनसक्छ। संयमित भएर काम गर्नुहोला। 🔮 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मनोरञ्जन र घुमघामको अवसर मिल्नेछ। प्रेम सम्बन्धमा सकारात्मक सुधार आउनेछ। आत्मविश्वास बढ्नेछ। 🔮 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नयाँ अवसरहरू हात पर्नेछन्। परिवारको साथ पाइनेछ। आत्मसंयम अपनाउनु राम्रो हुनेछ। 🔮 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) शैक्षिक तथा व्यवसायिक क्षेत्रका लागि अनुकूल समय छ। योजना सफल हुनेछन्। पारिवारिक सुख बढ्नेछ। 🔮 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आत्मविश्लेषण गर्ने समय छ। नयां योजना बनाउनु उचित हुनेछ। तर, निर्णय गर्दा सावधानी अपनाउनु होला। 💡 आजको शुभ सन्देशआज कुनै महत्वपूर्ण कामका लागि निस्कनु पर्दा घिउ खाएर निस्कनु शुभ रहनेछ। बिहान ९:१६ देखि १०:४५ बजेसम्म कुनै नयाँ कार्य थालनी गर्न शुभ समय रहेको छ।