काठमाडौं, ९ फागुन – प्रधानमन्त्री एवं पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न प्रतिष्ठान सभाको १५औँ बैठकले चालु आर्थिक वर्षका लागि बजेट र कार्यक्रम स्वीकृत गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रतिष्ठानको नवौँ सभाबाट पारित बहुवर्षीय गुरुयोजना कार्यान्वयनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष पेश गर्न स्वीकृति प्रदान गरेको छ।
बैठकले कार्यकारी परिषद्को सिफारिसमा प्रा. डा. ब्रम्हदेव झालाई प्रतिष्ठान सभाको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ।
यसैबीच, प्रतिष्ठानमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीको तलब भत्ता पाँच प्रतिशतले वृद्धि गर्ने प्रस्तावमाथि भने बैठकले थप अध्ययन र छलफल आवश्यक रहेको बताउँदै हाललाई स्थगित गरेको छ।
प्रधानमन्त्री ओलीले कानुनी प्रक्रिया पूरा गरी समयमा सिनेट बैठक बोलाउने र वार्षिक बजेट तथा कार्यक्रम पारित गर्ने निर्देशन दिदिए । साथै, दीर्घकालीन रूपमा आर्थिक भार पर्ने निर्णयहरू सोचविचार गरेर मात्र लिनुपर्ने स्पष्ट गर्दै उनले संस्थागत वित्तीय व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् ।