संविधानसभा सदस्य विदुर सापकोटाको निधन, पार्टीले श्रद्धाञ्जली अर्पण गर्ने
जनवाच
२०८१ फागुन ८, बिहिबार (४ महिना अगाडी )
236
Shares
जनवाच
४ महिना अगाडी
236
Shares
काठमाडौं, फागुन ८ – नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा पूर्वसंविधानसभा सदस्य विदुर सापकोटाको ५९ वर्षको उमेरमा निधन भएको छ।
सापकोटाको उपचारका क्रममा आज बिहान चावहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा निधन भएको पार्टी स्रोतले जनाएको छ। लामो समय नेकपा (एमाले) काभ्रेपलाञ्चोकको नेतृत्व गरेका सापकोटा २०७० सालको संविधानसभा चुनावमा काभ्रे क्षेत्र नं. ४ बाट निर्वाचित भएका थिए।
पार्टीका अनुसार सापकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज दिउँसो एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा राखिनेछ। त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिनेछ।
सापकोटाको निधनले वाम राजनीतिमा अपूरणीय क्षति पुगेको भन्दै उनका सहकर्मी तथा नेताहरूले शोक व्यक्त गरेका छन्।
प्रतिक्रिया