काठमाडौं – नेकपा एकीकृत समाजवादी (नेकपा एस) को केन्द्रीय समिति बैठक आज बस्दैछ। हिजो बिहान ७ बजेबाट सुरु भएको पोलिटब्युरो समितिको बैठकपछि आजको बैठक हुन लागेको हो।
यसअघि बसेको स्थायी कमिटी बैठकले ७ वटा प्रस्ताव पारित गर्दै आजको बैठकका लागि मुख्य एजेन्डाहरू तय गरेको थियो। बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गरिएको छ। त्यस्तै, नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको समिक्षा, तात्कालिक कार्ययोजना, अध्यादेशसम्बन्धी निर्णयहरू, र प्रकृति लम्साल मृत्यु प्रकरणबारे छलफल गरी समसामयिक प्रस्तावहरू पारित गरिएका छन्।
यसै क्रममा सरकारद्वारा हालै जारी गरिएका ६ वटा अध्यादेशको विपक्षमा उभिने निर्णय गरेको नेकपा एसले पोलिटब्युरो समितिको बैठकमा नेताहरूको धारणा माग्ने निर्णय गरेको छ। बैठकबाट थप रणनीतिक निर्णयहरू आउने अपेक्षा गरिएको छ।