+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सबैभन्दा धेरै निकासी गर्ने रिलाइन्स स्पिनिङ मिल्स सम्मानित

जनवाच
२ महिना अगाडी

काठमाडौं । सबैभन्दा धेरै निकासी गर्ने उद्योगको रुपमा रिलाइन्स स्पिनिङ मिल्स सम्मानित भएको छ । ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उद्योगलाई कदरपत्रले सम्मान गरिएको हो ।

सुनसरीको खनारस्थित यो उद्योग विगतमा पनि सबैभन्दा बढि निकासी गर्ने उद्योगको रुपमा पुरस्कृत हुँदै आएको थियो । यो उद्योगले उत्पादन गर्ने धागो टर्की, इण्डिया, बंगलादेश जस्ता मुलुकमा निर्यात हुने गर्छ । गत बर्ष जोगबनी नाकाबाट सबैभन्दा धेरै निकासी गर्ने उद्योगको रुपमा विराटनगर भन्सार कार्यालयले रिलाइन्सलाई पुरस्कृत गरेको हो ।

यो उद्योगले गत वर्ष जोगबनी नाकाबाट ६ अर्ब ७४ करोड ८२ लाख २१ हजार रुपैयाँ मूल्य बराबरको तयारी सामान निकासी गरेको थियो । प्रिमियम मूल्यमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न लागेको रिलाइन्स स्पिनिङ मिल्स लिमिटेडले उत्कृष्ट रोजगारदाताको रुपमा पनि सम्मानित हुने गरेको छ ।

झण्डै चार हजारलाई प्रत्यक्ष रोजगारी दिएको रिलाइन्सलाई नेपाल समुन्द्रपार निकासी पैठारी संघले आर्थिक वर्ष २०८०८१ मा सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ