+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शीतलहर चलेपछि कञ्चनपुरका विद्यालयहरु बन्द

जनवाच
३ महिना अगाडी

काठमाडौं । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि कञ्चनमा विद्यालयहरु बन्द गरिएको छ । एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् ।

चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए ।

उनका अनुसार नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस २५ गतेदेखि पुस २८ गतेसम्मका लागि बिदा दिइएको छ । कृष्णपुर नगरपालिकाले जाडो बिदाबाट मिलान हुने गरी विद्यालयमा पुस २३ गतेदेखि २८ गतेसम्म बिदा दिएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ