+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नु पर्नेमा अध्यक्ष ढकालको जोड

जनवाच
३ महिना अगाडी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि ठोस कद चाल्नु पर्ने बताएका छन् ।
नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर भएर लाग्नु पर्ने धारणा राखे ।

“ सरकारले आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धन गर्ने नीति अनुरुप काम गर्नु पर्छ । आयात प्रतिस्थापनका लागि घरेलु उद्योग प्रतिष्ठानलाई कसरी बलियो बनाउन सकिन्छ त्यसतर्फ ध्यान दिनु पर्‍यो । निर्यातका लागि पनि सोही अनुरुप नीति बनाउन र कार्यान्वयन गर्र्नु पर्छ । यसो गर्न सकेमा सरकार र निजी क्षेत्र दुवैले चाहेको उद्देश्य पूर्ति हुन्छ’ अध्यक्ष ढकालले भने ।

यस्तै अध्यक्ष ढकालले निजी क्षेत्रका व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले प्रतिवद्धता व्यक्त गरे अनुसार समयमा निर्यातमा अनुदान दिन पनि आग्रह गरे । व्यवसायीलाई सम्मानबाट समेत प्रोत्साहन गर्न सकिने धारणा अध्यक्ष ढकालले राखे । यसका लागि सरकारले सीआइपी दिने दिन घोषणा गर्न र व्यवसायीलाई दिने मर्यादामा ध्यान दिन समेत अनुरोध गरे।

सोही अवसरमा उनले विदेशी नियोगहरुलाई पनि नेपालको निर्यात व्यापारको लागि देश अनुरुप तार्गेट दिन र सो अनुरुपको मुल्याङ्कन गर्न समेत समेत आग्रह गरे।
अध्यक्ष ढकालले नेपाल सन् २०२६ मा अल्पविकसित देशवाट विकासोन्मुख (एलडीसी) देशमा स्तरोन्नती हुनेहुँदा यसका लागि नेपाल तयार रहनु पर्ने बताए । यति त्यस हुन नसके निश्चित समय थप गर्नका लागि सरकारले पहल गर्नु पर्ने धारणा समेत उनले राखे ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ