वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिकामा भारी हिमपातका कारण आपतकालको घोषणा गरिएको छ ।
३० वटाभन्दा बढी राज्यहरूमा ठूलो हिमपात र चिसो बढेपछि त्यहाँको जनजीवन निकै कष्टकर बनिरहेको छ भने जसबाट ६० करोडभन्दा बढी अमेरिकीहरू प्रभावित बन्न पुगेको एजेन्सीहरुले जनाएको छ । अमेरिकामा एक दशकपछिकै सबैभन्दा ठुलो हिमपात र चिसो तापक्रम ल्याउन सक्ने बताइएको छ । चरम मौसमी अवस्थाहरूको साथमा एक ध्रुवीय भोर्टेक्सले चिसो मौसमलाई आर्कटिकबाट मध्य अमेरिकासम्म ल्याएको हो।
केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, अर्कान्सास र न्यु जर्सीका केही भागमा पनि आपत्काल घोषणा गरिएको छ। आँधीका कारण हजारौँ उडानहरू ढिलो वा रद्द भएका छन्, धेरै सडकहरू काटिएका छन् र विद्यालयहरू बन्द छन् गरिएका छन् ।
हिमपातले कन्सास र मिसौरीमा ह्वाइटआउट अवस्था ल्याउने अपेक्षा गरिएको छ, जहाँ आपत्कालीन अवस्था घोषणा गरिएको छ ।
