+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनपीएल

सुदूरपश्चिमलाई हराउँदै जनकपुर बोल्ट्स बन्यो एनपीएल च्याम्पियन

जनवाच
३ महिना अगाडी

काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो बिजेता बनेको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्स च्याम्पियन बन्न सफल भएको हो ।

जनकपुरका लागि लहिरु मालिन्थाले उत्कृष्ट खेले । उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ८७ रन बनाउँदै आफ्नो टिमलाई जिताउन योगदान दिए ।
अर्का ओपनर विनोद भण्डारीले ३१ बल खेल्दै १ चौका र ३ छक्का मदतमा ४१ रन जोडे । जैब र विनोदले पहिलो विकेटका लागि १२ ओभरमा ११७ रनको साझेदारी गरेका थिए ।

ओपनरले राम्रो सुरुवात दिलाए पनि मिडल अर्डर र लोअर अर्डरले राम्रो कन्ट्रिब्युट गर्न सकेनन् । सुदूरपश्चिमले अन्तिम दुई ओभरमा ५ विकेट गुमाएको थियो ।

बलिङमा जनकपुरका किशोर महतो र मोहम्मद मोहसिनले ३–३ विकेट लिए । जनकपुरका ललित राजवंशीले किफायती बलिङ गर्दै ४ ओभरमा १ मेडन राख्दै १५ रन मात्र खर्चेर १ विकेट लिए ।

जारी एनपीएलमा ललितले सर्वाधिक ५ मेडन फालेका छन् । जनकपुरका ललित र सुदूरका स्कट कुगेलेइन दुवैले संयुक्त रुपमा सर्वाधिक १७ विकेट लिए ।

फाइनलमा सानदार ब्याटिङ गर्दै विजयी इनिङ्स खेलेका मिलान्था सर्वाधिक रन बनाउने खेलाडी बने । पहिलो खेलमा पनि अर्धशतक बनाएका उनले दुई अर्धशतक सहित १० खेलमा सर्वाधिक २९३ रन बनाएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ