+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनपीएल

आज एनपीएको फाइनल : सुदूरपश्चिम रोयल्स र जनपुर बोल्ट्स पहिलो उपाधिकालाई भिड्दै

जनवाच
३ महिना अगाडी

काठमाडौं। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । मंसिर १५ गतेदेखि काठमाडौंको कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा जारी एनपीएलको फाइनल खेलमा आज उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

फाइनल खेल स्थानिय समय अनुसार दिउँसो १२ः१५ बजेबाट सुरु हुनेछ ।

सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् । दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रदै छन् । फाइनल खेल निकै रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ