+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तराई क्षेत्रसहित उपत्यकामा सामान्य हुस्सु सहित आज मौसम सामान्य रहने

जनवाच
४ महिना अगाडी

काठमाडौं । आजको मौसम औसत सामान्य रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेपनि केही तराई क्षेत्रसहित काठमाडौं उपत्यका लगायतका केही स्थानहरुमा हुस्सु लागेपनि अरु क्षेत्रको मौसम सामान्य नै रहने विभागले जनाएको हो ।

अहिले कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ