+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस्, वेष्ट बैंक नेपालसहितपाँचउपाधिजित्यो लुम्बिनी विकास बैंकले

जनवाच
६ महिना अगाडी

काठमाडौँ। इण्डियन चेम्वर अफकमर्सले आयोजना गरेको दोश्रो इमर्जिङएशिया बैंकिङ अवार्डस् २०२४ मा ५ वटा विद्यामा लुम्बिनी विकास बैंकले उपाधि जितेको छ। कुल ८ विधा मध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि जित्न सफल भएको हो।

इण्डियन चेम्बर अफकमर्सले भारतको नयाँदिल्लीमा आयोजना गरेको बैंकिङ कन्क्लेभ २०२४ बैंकले बेष्ट बैंक, बेष्ट पर्फमेन्स अन रिस्क मेनेजमेन्ट नेपाल, बेष्ट पर्फमेन्स अन असेष्ट मेनेजमेन्ट नेपालमा विजेता एवंम् बेष्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी नेपाल र बेष्ट पर्फमेन्स अन ग्रोथ नेपालमा उप विजेताको उपाधि जित्न सफल भएको छ ।
अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायत देशका बैंकहरुले प्रतिस्पर्धा गरेकाथिए । इण्डियन चेम्बर अफकर्मसले गतवर्षदेखि नै यो अवार्ड वितरण गर्न शुरु गरेको हो । अवार्डकालागि इण्डियन चेम्बर अफकमर्सको आर्थिक मामिलातथानीतिविभागले विभिन्नसूचकनिर्धारण गरेको थियो । स्थापनाकालदेखि नै इथिकल बैंकिङ, आर्थिक सुशासनलाई आत्मसातगर्दै र पारदर्शीता बैंकिङ सेवाउपलव्ध गराउँदै अघि बढेकोले अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका अवार्डहरु जित्न सफल भएको र यसबाट बैंकको गरिमा र प्रतिष्ठा थप माथिपुगेको छ । अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका संचालक, कर्मचारी, ग्राहक र नियमनकारी निकायलगायतसबैको योगदान र सहयोग रहेको छ । ३.५अर्व चुक्तापूँजीभएको राष्ट्रिय स्तरको विकास बैंकका सातै प्रदेशमा ८९ वटा शाखा, १ वटा एक्टेन्सन काउन्टर र २० वटा एटिएम संचालनमा रहेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ