+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कपिलवस्तुमा एसियन थाई फुड्सको नयाँ युनिटले स्थानीय रोजगारीमा भर दिने

जनवाच
६ घण्टा अगाडी

कपिलवस्तु — एक दशकभन्दा बढी समयदेखि नेपाली चाउचाउ बजारमा स्थापित ब्रान्ड ‘रमपम’ उत्पादन गर्दै आएको एसियन थाई फुड्स प्रालिले अब मोरङपछि कपिलवस्तुमा पनि उत्पादन विस्तार गरेको छ। यसले केवल स्वाद मात्र होइन, पश्चिम नेपालमा रोजगारी र औद्योगिक चहलपहल पनि ल्याउने अपेक्षा गरिएको छ।

कपिलवस्तु नगरपालिका–६, गोबरी रामनगरमा अढाई बिघा क्षेत्रफलमा फैलिएको नयाँ युनिटको बुधवार वैदिक पूजा सहित उद्घाटन गरिएको हो। जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजुले उद्योगको शुभारम्भ गरे।

उद्योगले सुरुवाती चरणमा ‘रमपम’, ‘प्रीति’, ‘टुपीएम’ जस्ता लोकप्रिय ब्रान्डको उत्पादन सुरु गर्दैछ। निकट भविष्यमा अन्य स्न्याक्स उत्पादन लाइन थप्ने योजनासमेत रहेको कम्पनीले जनाएको छ।

स्थानीयस्तरमै चाउचाउ उत्पादन सुरु भएपछि कपिलवस्तु र आसपासका युवाहरूलाई रोजगारीको नयाँ अवसर खुल्ने देखिएको छ। यससँगै लुम्बिनी प्रदेशको औद्योगिक विकासमा पनि टेवा पुग्ने उद्योगीहरूको विश्वास छ।

एसियन थाई फुड्सले पहिलो युनिट मोरङको विराटनगरमा झण्डै २० वर्षअघि स्थापना गरेको थियो। सोही अनुभवको भरमा कम्पनीले अब पश्चिम नेपालमा आफ्नो उपस्थिति विस्तार गरेको हो।

नेपालमा उत्पादित चाउचाउ भारतसहित तेस्रो मुलुकमा निर्यात हुने क्रम जारी रहेकाले, कपिलवस्तुबाट पनि विदेशी बजारमा नेपाली ब्रान्डको उपस्थिति थप सशक्त हुने आशा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ