काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी चैत २६ गते बागमती प्रदेशस्तरीय प्रदर्शन तथा वैशाख ७ गते राजधानी केन्द्रित आन्दोलनका लागि व्यापक तयारी गर्न आफ्ना कार्यकर्ताहरूलाई अपिल गरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान विचार राख्ने दल, समूह, अभियान, धार्मिक संघसंस्था तथा आम जनसमुदायलाई प्रदर्शनमा ऐक्यबद्धता जनाउन आग्रह गरेको छ। राप्रपाले शुक्रबार तीनकुनेमा भएको घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई जबरजस्ती विवादमा तानिएको भन्दै निन्दा समेत गरेको छ। बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “पूर्वराजालाई अनावश्यक रूपमा विवादमा ल्याउने प्रयास भइरहेको छ, जुन निन्दनीय छ।” राप्रपाले आउँदो विरोध प्रदर्शनलाई अझ प्रभावकारी बनाउन रणनीतिक तयारी गरिरहेको जनाएको छ