+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

अन्तरिक्ष यात्री सुनिता विलियम्सको जीवन: साहसिक करियर र पारिवारिक समर्पण

सुनिता विलियम्सको व्यक्तिगत जीवन सादगीपूर्ण भए पनि उनले अन्तरिक्ष अन्वेषणमा पु¥याएको योगदान असाधारण छ। उनका अनुभवहरू भावी अन्तरिक्ष यात्रीहरूका लागि प्रेरणाको स्रोत बनेकि छन्।

जनवाच
१ महिना अगाडी

काठमाण्डौ, ६ चैत – भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स आफ्नो साहसिक अन्तरिक्ष यात्राका कारण विश्वभर चर्चित छिन्। हालै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) मा ९ महिनासम्म बसाइपछि उनी पृथ्वीमा सुरक्षित अवतरण गरेकी छिन्। तर, उनको व्यक्तिगत जीवनबारे धेरैलाई चासो हुने गरेको छ।

१७ घण्टाको यात्रा पछि सुरक्षित अवतरण

सुनिता विलियम्स र उनका सहकर्मी बुच विल्मोर मंगलबार बिहान १०:३५ बजे पृथ्वीका लागि प्रस्थान गरेका थिए। फ्लोरिडाको तटमा सुरक्षित अवतरण गर्न उनीहरूलाई १७ घण्टा लागेको थियो। उनीहरू ८ दिने मिसनका लागि गएको भए पनि प्राविधिक गडबडीका कारण ९ महिना अन्तरिक्षमै बिताउन बाध्य भएका थिए।

सुनिता विलियम्सको पारिवारिक जीवन

सुनिता विलियम्स र उनका पति माइकल जे विलियम्स को विवाह २० वर्षअघि भएको हो। माइकल पेशाले अमेरिकी मार्शल हुन् र कानून तथा न्याय सुरक्षा प्रणालीमा काम गर्छन्। उनी ‘लाइमलाइट’ बाट टाढा रहन रुचाउने व्यक्ति हुन्।

माइकल र सुनिता पहिलो पटक सन् १९८७ मा मेरील्याण्डको नौसेना एकेडेमीमा भेट भएका थिए। दुवै जनाको मित्रता प्रेममा परिणत भएपछि उनीहरूले विवाह गर्ने निर्णय गरेका थिए। माइकलले हिन्दू परम्पराहरूलाई सम्मान गर्छन् र सुनिताको आध्यात्मिक आस्थालाई सधैं समर्थन गर्दै आएका छन्।

सन्तान नभए पनि मातृत्वको गहिरो भावनाले भरिएको जीवन

विवाहको लामो समय बितिसक्दा पनि सुनिता र माइकलले सन्तान जन्माएका छैनन्। तर, सुनिताले पहिले अहमदाबादकी एक बालिकालाई धर्मपुत्री बनाउने इच्छा व्यक्त गरेकी थिइन्। साथै, उनी प्राणी प्रेमी पनि हुन्। उनको गोर्बी नामको कुकुर ‘नेशनल ज्योग्राफिक’को कार्यक्रम ‘Dog Whisperer’ मा समेत देखाइएको थियो।

अन्तरिक्ष यात्राका क्रममा सुनिता विलियम्स श्रीमद्भगवद्गीता, ओमको प्रतीक र भगवान शिवको चित्र सँगै लैजान्छिन्। यसले उनको धार्मिक आस्थालाई झल्काउँछ।

सुनिता विलियम्सको जन्म ओहायोको युक्लिड मा भएको हो तर उनले म्यासाचुसेट्सलाई आफ्नो गृहनगर मान्छिन्। उनका बुबा दीपक पाण्ड्या गुजरात, भारतका मूलनिवासी हुन्, जबकि उनकी आमा उर्सुलिन बोनी पाण्ड्या स्लोभेनियाली मूलकी अमेरिकी हुन्।

उनकी एक दिदी र एक दाजु छन्। झुलासन, गुजरात मा उनको पुर्ख्यौली घर रहेको छ। उनले अमेरिकाको निदहम हाई स्कूल र त्यसपछि अमेरिकी नौसेना एकेडेमी बाट स्नातक गरेकी हुन्। पछि उनले इन्जिनियरिङ व्यवस्थापनमा मास्टर डिग्री पनि पूरा गरिन्।

सुनिताका श्रीमान माइकलले ‘द वाल स्ट्रीट जर्नल’ लाई दिएको अन्तर्वार्तामा अन्तरिक्ष स्टेशन नै उनकी श्रीमतीको खुशीको स्थान भएको बताएका थिए।

सुनिता विलियम्सकी आमाले ‘न्यूज नेशन’ को अन्तर्वार्तामा भनेकी थिइन् – “म उनलाई सल्लाह दिन्न, किनभने उनलाई सबै थाहा छ। उनी एक अनुभवी अन्तरिक्ष यात्री हुन्।”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ