+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव सम्पन्न : पूर्वाधार र उत्पादनशील क्षेत्रमा लगानी विस्तारको प्रतिबद्धता

कार्यक्रममा नागरिक लगानी कोष कर्मचारी युनियन र नेपाल वित्तीय संस्था कर्मचारी संघका पदाधिकारीहरूले कोषको सुदृढीकरणका लागि सरकार र व्यवस्थापन पक्षलाई आग्रह गरेका थिए।

जनवाच
१ महिना अगाडी

काठमाडौं। नागरिक लगानी कोषले आफ्नो ३५ औं वार्षिकोत्सव विशेष कार्यक्रमका बीच सम्पन्न गरेको छ। कार्यक्रमका अवसरमा अर्थ सचिव घनश्याम उपाध्यायले कोषले राष्ट्रिय प्राथमिकताका पूर्वाधार निर्माण तथा उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ।उनाले  कोषको वित्तीय स्रोतलाई देशको आर्थिक समृद्धिमा योगदान पराउने  गरी परिचालन गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. सूर्य बहादुर थापाले उच्च आर्थिक वृद्धिबाट मात्रै बेरोजगारी अन्त्य गर्न सकिने बताउँदै कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माणमा लगानी विस्तार आवश्यक रहेको धारणाराखे । उनका अनुसार, कोषको सफलताको मुख्य कारण विविध बचत योजनाहरूको प्रभावकारी सञ्चालन तथा निरन्तर लाभदायक अवस्था हो।

कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषले डिजिटल प्रविधिलाई प्राथमिकता दिँदै सहभागीसँगको सेवा प्रक्रिया सरल र प्रभावकारी बनाइरहेको जानकारी दिए । कोषको प्रारम्भिक चुक्ता पुँजी २ करोड ४४ लाख रुपैयाँबाट वृद्धि हुँदै हाल ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ पुगेको छ। हाल कोषमा करिब ७ लाख सहभागी आवद्ध छन्।

कोषले लगानी नीति परिमार्जन गर्दै सरकारी प्राथमिकताका पूर्वाधार परियोजना, कृषि, उद्योग, पर्यटन र उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्ने रणनीति बनाएको छ। हाल कोषको वित्तीय स्रोत २ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ, जसको अधिकांश हिस्सा विभिन्न लगानी माध्यमहरूमा परिचालन गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषको लगानी रोजगारी सिर्जना, पूर्वाधार निर्माण, हाइड्रोपावर र पर्यटन प्रवर्द्धन जस्ता क्षेत्रमा निर्देशित हुनुपर्ने बताए । त्यस्तै, कोषका पूर्वअध्यक्ष डा. भोजराज घिमिरेले सीमित जनशक्तिले ठूलो वित्तीय फन्ड सञ्चालन गर्नु महत्वपूर्ण उपलब्धि भएको भन्दै आगामी दिनमा थप सशक्त व्यवस्थापन आवश्यक रहेको बताए ।

कार्यक्रममा नागरिक लगानी कोष कर्मचारी युनियन र नेपाल वित्तीय संस्था कर्मचारी संघका पदाधिकारीहरूले कोषको सुदृढीकरणका लागि सरकार र व्यवस्थापन पक्षलाई आग्रह गरेका थिए। कोषले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गर्दै डिजिटल प्रविधिको प्रयोगमार्फत आफ्नो संरचना अझ परिष्कृत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ