+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा रिलायन्सको साधारण सभा नजिकिँदै, सेयरधनीलाई बोनस र नगद लाभांश प्रस्ताव

जनवाच
१ महिना अगाडी

काठमाडौँ, फागुन २९ – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले चैत ८ गते हुने सभामा सेयरधनीहरूलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ।

गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट प्रस्तावित लाभांश वितरण गरिनेछ। बोनस सेयर वितरणपछि कम्पनीको पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि सभामा छलफल गरिनेछ।

साधारण सभामा निम्न विषयमा पनि छलफल हुनेछ:

  • वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित
  • कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण
  • संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरूको अनुमोदन

सभाका लागि कम्पनीले फागुन २६ गते बुक क्लोज गरिसकेको छ। जसका कारण फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्ने छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ