+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

राजसंस्थाको पक्षमा राप्रपाको अभियान तीव्र, धवलशमशेरको भ्रष्टाचारविरुद्ध आह्वान

जनवाच
१ महिना अगाडी

बर्दिया – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले नेपालमा विद्यमान राजनीतिक व्यवस्थाले जनताको आकांक्षा पूरा गर्न नसकेको भन्दै परिवर्तनको खाँचो रहेको बताएका छन्।

बर्दियामा आयोजित वृहत् मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार, राजनीतिक अस्थिरता र सामाजिक विचलन अन्त्य गर्न राजसंस्थाको पुनःस्थापनाको विकल्प नभएको बताए। ‘नेताहरूको चरम भ्रष्टाचारका कारण मुलुक संकटमा फसेको छ। देशमा शान्ति, स्थायित्व र सुशासन कायम गर्न राजसंस्था आवश्यक छ। सनातन हिन्दू धर्म, संस्कृति र परम्पराको रक्षा गर्नु आजको आवश्यकता हो,’ उनले भने।

राणाले नेपालमा धर्म, संस्कृति मास्ने प्रयास भइरहेको आरोप लगाउँदै विदेशी हस्तक्षेप बढेको बताए। ‘नेपाली धर्म र संस्कृतिमाथि प्रहार भइरहेको छ, यो कुरा अन्तर्राष्ट्रिय स्तरमै उठाइएको छ। अमेरिकी राष्ट्रपति, सांसदहरू समेत यसबारे बोल्न बाध्य भएका छन्,’ उनले भने।

राप्रपाले फागुन महिनाभर सातवटै प्रदेशका प्रमुख शहरहरूमा मोटरसाइकल र्‍यालीसहित जनजागरण अभियान चलाउने र चैत महिनामा काठमाडौं केन्द्रित सशक्त आन्दोलन गर्ने जनाएको छ। राणाले सबै राजसंस्थावादी, धर्म-संस्कृतिप्रेमी तथा भ्रष्टाचारविरोधी नेपालीहरूलाई एकजुट हुन आह्वान गरे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ