+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

ग्रीन डेभलपमेण्ट बैंकको नेतृत्व पुनः बुढाथोकीलाई, सीईओमा दोस्रो कार्यकाल सुरु

जनवाच
१ महिना अगाडी

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओ पदमा हरि बहादुर बुढाथोकी पुनः नियुक्त भएका छन्। मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि उनलाई निरन्तरता दिने निर्णय गरेको हो।

बुढाथोकीको दोस्रो कार्यकाल चैत १ गतेदेखि लागू हुनेछ। बैंकको स्थायित्व, वित्तीय सुदृढीकरण र दीर्घकालीन रणनीतिक लक्ष्यलाई अगाडि बढाउने नेतृत्व क्षमताका कारण उनी पुनः नियुक्त भएको बताइएको छ।

उनको नेतृत्वमा बैंकले पछिल्लो कार्यकालमा वित्तीय क्षेत्रको दिगो विकासका लागि महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ