+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

नयाँ भन्दा अधुरा योजनाहरू पूरा गर्नु अहिलेको प्राथमिकता : मन्त्री दाहाल

जनवाच
१ महिना अगाडी

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकार अहिले नयाँ योजनाहरू थप्नभन्दा पहिलेदेखि थालिएका महत्वपूर्ण परियोजनाहरू पूरा गर्न केन्द्रित रहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले चालु योजनाहरूलाई प्राथमिकता दिएर स्रोत परिचालन गर्ने नीति सरकारले अवलम्बन गरेको स्पष्ट गरे।

मन्त्री दाहालका अनुसार, सडक तथा सवारी दुर्घटना न्यूनिकरणका लागि सरकारले विशेष कार्ययोजना बनाएको छ। सडक संकेत, जेब्रा क्रसिङलगायत संरचना थप गर्ने, सडक सुरक्षा कार्ययोजना २०२१–३० प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा दुर्घटना न्यूनिकरणका लागि यातायात विभाग र सडक सुरक्षा परिषदलाई सक्रिय बनाइएको छ।

२० वर्षभन्दा पुराना सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णय कार्यान्वयनमा रहेको उनले जानकारी दिए। प्रस्तावित सवारी तथा यातायात व्यवस्थापन विधेयक २०८१ मा पुराना सवारी साधन व्यवस्थापनसम्बन्धी प्रावधान समेटिएको र मापदण्ड तयार भइरहेको उनले बताए।

आगामी वर्षायाममा बाढीपहिरोका कारण सडक अवरुद्ध हुन नदिन वैकल्पिक मार्ग, डाइभर्सन निर्माणजस्ता उपायहरू अवलम्बन गरिने मन्त्री दाहालले बताए। ठेक्का लागेर पनि वर्षौंसम्म काम नसकिएका आयोजना पुनः मूल्यांकन गरी समस्याग्रस्त योजनाहरूलाई टुंगोमा पुर्याउने नीति लिइएको उनले प्रस्ट्याए।

पूर्वपश्चिम राजमार्ग विस्तार, मदन भण्डारी राजमार्ग, पुष्पलाल राजमार्ग, उत्तर–दक्षिण करिडोरजस्ता मुख्य राजमार्गहरूको स्तरोन्नति तीव्र पारिएको मन्त्री दाहालले उल्लेख गरे। उनले कृषि तथा पर्यटन क्षेत्रलाई सडक पूर्वाधारसँग जोड्ने योजनालाई पनि सरकारले विशेष ध्यान दिइरहेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ