काठमाडौं – महत्वपूर्ण कार्यको शुभारम्भ वा यात्रा गर्दा बिहान ७:५० देखि ९:१८ को समय शुभ रहनेछ। कुनै महत्वपूर्ण काम अघि बढाउनु छ भने जौ मुखमा राखेर घरबाट निस्कनु राम्रो मानिन्छ।
- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नयाँ ज्ञान प्राप्त गर्ने अवसर मिल्नेछ। धार्मिक तथा सामाजिक कार्यमा सक्रियता बढ्नेछ।
- वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – पारिवारिक सम्झनाले मन भावुक बन्न सक्छ। आर्थिक निर्णयमा सतर्कता अपनाउनु होला।
- मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – जीवनसाथीको साथ पाइनेछ। उच्च शिक्षामा सफलता मिल्ने सम्भावना छ।
- कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – व्यक्तिगत समस्याका कारण कार्यक्षेत्रमा असर पर्न सक्छ। सम्बन्धमा पारदर्शिता आवश्यक छ।
- सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – भविष्यको लागि लगानी गर्ने समय हो। प्रतियोगितात्मक कार्यमा मिहिनेत आवश्यक छ।
- कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – जिम्मेवारी बढ्नेछ। प्रविधि सम्बन्धी विषयमा सफलता मिल्नेछ।
- तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – प्रेमसम्बन्ध प्रगाढ हुनेछ। नकारात्मक कुरामा ध्यान नदिई कार्यक्षेत्रमा केन्द्रित रहनु उचित हुनेछ।
- वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – कडा मेहनतले सफलता दिलाउनेछ। रहस्यात्मक विषयमा रुचि बढ्नेछ।
- धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – कार्यक्षेत्रमा सफलता मिल्नेछ। आत्मिक आनन्द र विश्राम आवश्यक देखिन्छ।
- मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – मानसिक तनाव बढ्न सक्छ। पारिवारिक दायित्व पूरा गर्नुपर्ने समय छ।
- कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – खर्च बढ्ने संकेत छ। योजनाबद्ध रूपमा अघि बढ्दा लाभ मिल्नेछ।
- मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आक्रामकता नियन्त्रण गर्नुहोला। पेशागत क्षेत्रमा राम्रो समय छ, तर पारिवारिक सम्बन्धमा ध्यान दिनु आवश्यक छ।
प्रतिक्रिया