+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद समाधान गर्न एमालेको पहल

जनवाच
१ महिना अगाडी

काठमाडौँ । नेकपा एमालेले ताप्लेजुङको पाथीभरा मन्दिरसम्म केबलकार निर्माणको प्रक्रिया अघि बढाउन सरोकारवालासँग छलफल गर्ने भएको छ।

आइतबार बसेको पार्टी सचिवालय बैठकमा केबलकार निर्माणबारे उत्पन्न विवाद समाधान गर्दै परियोजना अघि बढाउने विषयमा गम्भीर चासो राखिएको एमाले महासचिव शंकर पोखरेल ले जानकारी दिएका छन्।

“स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरी निर्माण प्रक्रियालाई सहज बनाउने पक्षमा एमाले गम्भीर छ।” – महासचिव पोखरेल

पार्टीले सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै विकास योजनालाई अगाडि बढाउने वातावरण सिर्जना गर्न भूमिका खेल्ने बताएको छ।

पाथीभरा मन्दिरसम्म केबलकार निर्माण भएमा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने, स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने र यात्रुहरूका लागि यात्रा सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ