+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राइड सेरिङ्ग गर्ने युवाहरुलाई फाइनान्सको सुविधा नहुँदा समस्या

जनवाच
२ महिना अगाडी

काठमाडौंमा अहिले राइड सेयरिङ कम्पनीहरू धेरै खुलेका छन्। यी सेवाले युवाहरूका लागि रोजगारीको राम्रो अवसर सिर्जना गरेको देखिन्छ। मेहनतका साथ काम गर्ने राइडरहरूले महिनाको ५० हजार भन्दा धेरै कमाइ गरिरहेको पाइन्छ। तर, राइडरका लागि आवश्यक बाइक वा स्कुटर किन्न फाइनान्सको सुविधा उपलब्ध नहुँदा अझै धेरै युवा यो अवसरबाट वञ्चित भइरहेका छन्।

पहिले सहकारी संस्थाको राम्रो अवस्था हुँदा सहज रूपमा फाइनान्स सुविधा पाइन्थ्यो। तर, अहिले सहकारी संस्थामा समस्या देखिएका कारण यस्तो सुविधा पाउन मुस्किल भएको छ। विशेष गरी बाहिरी जिल्लाका युवा नै राइड सेयरिङ सेवा सञ्चालन गर्ने भएकाले उनीहरूका लागि अझै बढी समस्या देखिएको छ।

यस्तो खालको राइड सेरिङ्गको लागि विद्युतीय स्कुटर एक उपयुक्त समाधान बन्न सक्छ। यसले एकातिर पेट्रोलियम खर्चमा बचत गर्छ भने अर्कोतिर वातावरणमैत्री यात्रा सुनिश्चित गर्दछ। तर, विद्युतीय स्कुटर किन्नका लागि पनि फाइनान्सको अभाव ठूलो चुनौती बनेको छ।

यदि स्वयम् राइड सेयरिङ कम्पनीहरूले नै यस्ता साना सवारीसाधनका लागि फाइनान्सको व्यवस्था गरिदिएमा अझ राम्रो हुने थियो। यसले धेरै युवाहरूलाई रोजगारीमा संलग्न हुन प्रोत्साहित गर्नेछ।

यसकारण, युवाहरूलाई रोजगारीका अवसरहरू थप उपलब्ध गराउन, विशेष गरी विद्युतीय सवारीसाधन प्रयोगको प्रवद्र्धन गर्न फाइनान्सको सहज पहुँच आवश्यक छ। यसले परिवहन क्षेत्रलाई दिगो बनाउनुका साथै, वातावरण संरक्षणमा पनि महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ