+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ ब्याजदर

माघका लागि बैंकको नयाँ ब्याजदर सार्वजनिक, कति तोकियो ?

जनवाच
३ महिना अगाडी

काठमाडौं । वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वटा वाणिज्य बैंक रहेकामा अधिकांशले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यो ब्याजदर भोलि माघ १ गतेदेखि लागू हुनेछ ।

२० बैंकहरुमध्ये १७ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने बाँकी दुईवटाले घटाएका छन् भने एकले बढाएको छ ।

माघमा पनि पुसकै ब्याजदरलाई निरन्तरता दिने बैंकहरूमा सिटिजन्स, ग्लोबल आइएमई, नबिल, कुमारी, माछापुच्छ्रे बैंक रहेका छन् । त्यसैगरी सिद्धार्थ, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, प्रभु, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र एनआइसी एशिया बैंकले पनि पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

त्यसैगरी ब्याजदर घटाउनेमा नेपाल एसबिआई बैंक र कृषि विकास बैंक रहेका छन् भने लक्ष्मी सनराइज बैंकले बढाएको छ । नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ भने कृषि विकास बैंकले ५.५७ प्रतिशतबाट ५.५१ प्रतिशतमा झारेको छ। लक्ष्मी सनराइजले भने यस्तो खाताको अधिकतम ब्याजदर ५.५० प्रतिशतबाट बढाएर ५.७५ प्रतिशत पुर्याएको हो ।

यसरी हेर्दा पुस महिनाको तुलनामा माघ महिनामा बैंकहरुको ब्याजदर ०.०१५५ प्रतिशत विन्दुले घटेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ