काठमाडौं। अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) मा नेपालकातर्फबाट नेशनल लाइफ इन्स्योरेन्सका अभिकर्ताले पहिलो पटक टीओटी लक्ष्य हासिल गर्न सफल भएका छन् । नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका एक सय जनाले एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका हुन् ।
हजारौ अभिकर्ताहरुमध्ये कम्पनीका दुई जना टीओटी, तीन जना सीओटी र ९५ जना एमडीआरटीको लक्ष्य प्राप्त गर्न सफल भएका हुन् । नेशनल लाइफ इन्स्योरेन्सको चार दशकको इतिहासमा प्रथम पटक दुई जना अभिकर्ताहरुले सन २०२५ को टीओटी लक्ष्य प्राप्त गर्न सफल भएको कम्पनीले जनाएको छ।
अभिकर्ता बिमल न्यौपाने र कम्पनीको नारायणथान शाखाकी शशीकला तामाङ सन् २०२५ को टीओटी बन्न सफल भएका हुन् ।
यसैगरी अभिकर्ता जीवन कुमार खत्री, शर्मिला अर्याल पाण्डे र प्रकाश श्रेष्ठले सीओटी लक्ष्य प्राप्त गर्न सफल भएका छन् । अभिकर्ताहरुले गरेको अथक प्रयास र मिहिनेतले यो लक्ष्य प्राप्त गर्न सफल भएका हुन् । सन् २०२५ को लागि नेशनल लाइफ इन्स्योरेन्सबाट ९५ जना अभिकर्ताहरु एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल भएका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले एमडीआरटी, सीओटी र टीओटी लक्ष्य प्राप्त गर्न सफल भएका सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद तथा बधान ज्ञापन गरेका छन् ।