विर्तामोड, झापा – नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो नयाँ विद्युतीय गाडी ‘क्रेटा ईभी’ विर्तामोडमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।
बिहीबार आयोजित विशेष समारोहका बीच सार्वजनिक गरिएको क्रेटा ईभीसँगै कम्पनीले एक वृहत् अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गर्यो। कार्यक्रममा स्थानीय व्यापारी, सवारी साधन प्रयोगकर्ताहरू र EV उत्साहीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार, क्रेटा ईभी को आगमनले नेपाली बजारमा प्रिमियम विद्युतीय सवारीसाधनको छनोट थप विस्तारित भएको छ। उपभोक्तालाई भरपर्दो सेवा, व्यापक सर्भिस नेटवर्क र गुणस्तरीय उत्पादनमार्फत सेवा दिँदै आएको कम्पनीको दाबी छ कि यो नयाँ मोडेलले उपभोक्ताको जीवनशैलीमा स्मार्ट र दिगो विकल्प थप्नेछ।
