+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रमाण छैन भने बदनाम नगरौं: सेबोन अध्यक्ष श्रेष्ठको स्पष्ट प्रतिक्रिया

जनवाच
६ घण्टा अगाडी

काठमाडौं, वैशाख २५ — नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफूलाई जबर्जस्ती विवादमा तानिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

कमिशन काण्डमा आफ्नो नाम जोडिनु अराजनीतिक र पूर्वाग्रही भएको टिप्पणी गर्दै उनले “यदि कसैसँग मेरो संलग्नताको प्रमाण छ भने सार्वजनिक गरोस्, म एक सेकेन्ड पनि कुर्सीमा बस्नेछैन” भनेर चुनौती दिएका छन्।

उनको यो प्रतिक्रिया भ्रष्टाचार अनुसन्धान आयोग (अख्तियार) ले बोर्डमा छापा मारेको भोलिपल्ट आएको हो। आज दिउँसो अख्तियारले स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीसहित केही पदाधिकारीहरूबाट बयान लिएको बुझिएको छ।

बोर्डमा लगाइएको आरोपअनुसार नवीकरणीय ऊर्जा परियोजनाका धितोपत्र स्वीकृतिमा अनियमितता र कमिशनको चलखेल भएको आशंका गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ