+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

म्यान–सिटिजन्स एस्पिरिङ अवार्डका लागि, सिटिजन्स बैंक संग सम्जौता

जनवाच
९ घण्टा अगाडी

काठमाडौं, २५ वैशाख — व्यवस्थापन शिक्षामा उत्कृष्टता हासिल गर्ने युवा प्रतिभालाई पहिचान गर्दै प्रोत्साहन गर्न सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (म्यान) बीच साझेदारीमा नयाँ पुरस्कार योजना सुरु गरिएको छ।

‘म्यान–सिटिजन्स एस्पिरिङ अवार्ड’ नाम दिइएको यस पुरस्कार कार्यक्रम अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एम.बि.ए. (MBA) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई हरेक वर्ष नगद रु. ५१,००० सहित सम्मान गरिनेछ।

म्यानको कार्यालयमा आयोजित कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र म्यानका अध्यक्ष मोहनराज ओझाले समझदारी पत्रमा हस्ताक्षर गरे।

सिटिजन्स बैंकले यस पुरस्कारलाई प्रायोजन गर्दै व्यवस्थापन शिक्षामा निजी क्षेत्रको सक्रियता बढाउने संकेत दिएको छ। बैंक, म्यान, र पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारीहरू सम्मिलित समिति गठन गरी छात्रको छनोट प्रक्रिया पारदर्शी बनाइनेछ।

पुरस्कार वितरण हरेक वर्ष माघ महिनामा हुने म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा गरिनेछ। यसमार्फत प्रतिस्पर्धात्मक क्षमता भएका युवाहरूलाई सम्मान गर्दै देशको मानव संसाधन विकासमा टेवा पुर्‍याउने उद्देश्य राखिएको छ।

सिटिजन्स बैंकले हाल देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६८ एटीएम, ७४ शाखारहित बैंकिङ युनिटमार्फत १८ लाख ८६ हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। बैंकले विज्ञप्तिमा शिक्षामा लगानीलाई दीर्घकालीन सामाजिक उत्तरदायित्वको अंगको रूपमा लिएको उल्लेख गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ