+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

व्यापारमैत्री हरित भविष्यका लागि चेम्बर र यूएनडीपीबीिच सहकार्य, जलवायु संकटमा निजी क्षेत्रको अग्रसरता

जनवाच
८ घण्टा अगाडी

काठमाडौं — जलवायु परिवर्तनले व्यवसायमा पार्ने प्रत्यक्ष प्रभाव र त्यसको न्यूनीकरणका उपायबारे नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले साझा पहल सुरु गरेका छन्।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित छलफलका क्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाबीच सहकार्यको समझदारी कायम भएको हो।

अध्यक्ष अग्रवालले जलवायु परिवर्तनबाट साना तथा मझौला उद्योग झन् बढी प्रभावित हुने भएकाले, नीति निर्माणदेखि बीमा सचेतना विस्तारसम्म सशक्त पहल आवश्यक रहेको बताए।
उनले तीनै तहका सरकारसँग सहकार्य गर्दै हरित अर्थतन्त्रलाई टेवा दिने दीर्घकालीन योजनामा चेम्बर सक्रिय रहने प्रतिबद्धता जनाए।

यूएनडीपीकी प्रतिनिधि क्योको योकोसुकुले जलवायुजन्य आपद्बाट सुरक्षित व्यापारिक संरचना बनाउन स्थायी विपद् प्रतिकार्य कोषको आवश्यकता औंल्याइन्।
उनले भनिन्, ‘निजी क्षेत्र अगाडि नआइ सस्टेनेबल समाधान सम्भव छैन।’

यसअघि काभ्रेका नमोबुद्ध र रोशी गाउँपालिकामा आएको बाढी–पहिरोपछि जीविकोपार्जन र पुनर्निर्माणमा चेम्बर–यूएनडीपीको सहकार्य उदाहरणीय रहेको दुवै पक्षले स्मरण गरे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ