+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तीन महिनादेखि अन्धकारमा गुठीचौर

जनवाच
१३ घण्टा अगाडी

जुम्ला, २५ वैशाख — गुठीचौर गाउँपालिका–१ का ४८० घरधुरी तीन महिनादेखि पूर्ण रूपमा अन्धकारमा बाँच्न बाध्य छन्। गाउँमै उत्पादन हुने ५५ किलोवाट क्षमताको अदालीखोला लघुजलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्समिटर बिग्रिएपछि नापानी, गढिगाउँ, मणिसाँघु, डिल्लीकोट र मणिगाउँ अन्धकारमा डुबेका छन्।

स्थानीय परेक ऐडीका अनुसार विद्युत् सेवा अवरुद्ध भएपछि बच्चाहरूको अध्ययन प्रभावित, कुटानी–पिसानी मिल बन्द, मोबाइल चार्ज गर्न समस्या, फर्निचर उद्योग ठप्प जस्ता समस्याहरू दिनदिनै झाङ्गिँदै गएका छन्।

गणेश ऐडीले भने, “बिजुली नहुँदा दैनिक जीवन मात्र होइन, साना उद्योग पनि बन्द भएका छन्। हामी परनिर्भर बन्न थाल्यौं।”

विद्युत् परियोजनाका अध्यक्ष जितेन्द्र लामाले आर्थिक अभावका कारण मर्मत सम्भव नभएको बताए। तर स्थानीय बासिन्दाको गुनासो छ—“बिजुली सेवा जस्तो आधारभूत आवश्यकता थला पर्दा पनि सरकारी निकायको ध्यान जान सकेको छैन।”

गुठीचौर–१ का वडाध्यक्ष अर्जुनकुमार महतारा भन्छन्, “जेनरेटर र ट्रान्समिटर मर्मतका लागि तीन लाख रुपैयाँ विनियोजन भइसकेको छ, आवश्यकता अनुसार थप बजेटको व्यवस्थापन गरिनेछ।”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ