+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

ग्रामीण भेगमा बैंकिङ पहुँच सिमित हुँदै: ग्लोबल आईएमईले एकैपटक १९ शाखारहित सेवा बन्द गर्‍यो

जनवाच
१२ घण्टा अगाडी

काठमाडौं, २५ वैशाख — ग्रामीण भेगमा वित्तीय पहुँच विस्तारको उद्देश्यसहित स्थापना गरिएका शाखारहित बैंकिङ सेवाहरू क्रमशः संकुचनतर्फ जाँदैछन्।
ताजा उदाहरण बनेको छ, ग्लोबल आईएमई बैंक लिमिटेड, जसले एकैपटक १९ वटा शाखारहित बैंकिङ सेवा बन्द गरेको छ।

बैंकले नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिएर बागमती प्रदेशका १४ स्थान र गण्डकी प्रदेशका ५ स्थान गरी कुल १९ शाखारहित सेवा केन्द्रहरू बन्द गरेको हो।

बन्द गरिएका शाखाहरूमा केहीले लामो समयदेखि स्थानीयमा सेवा दिँदै आएका थिए। सबैभन्दा पुरानो शाखा इन्द्रसरोवर गाउँपालिका–२ को देउरालीमा रहेको थियो, जुन २०७० मंसिरमा स्थापना भएको हो।

त्यस्तै २०७८ माघमा सुरु गरिएको लिखु गाउँपालिका–४ चौघडा शाखा, अर्थात् केही वर्षको छोटो अवधिमै बन्द गरिनु, बैंकको रणनीतिक पुनरावलोकनतर्फ संकेत गर्छ।

बैंकले यी सेवाहरू किन बन्द गर्‍यो भन्नेमा स्पष्ट कारण सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ