+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण टोली तयार, २१ सदस्यीय प्रतिनिधिमण्डल सहभागि

दिउँसो १ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रधानमन्त्री ओली थाइल्याण्डका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ। त्यसअघि उनले पत्रकार सम्मेलन गर्दै आफ्नो भ्रमणबारे जानकारी दिनेछन्।

जनवाच
२ हप्ता अगाडी

काठमाडौं, १९ चैत – प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्डको औपचारिक भ्रमणका लागि प्रस्थान गर्दैछन्। भ्रमण टोलीमा मन्त्री, सल्लाहकार, उच्च अधिकारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मी गरी २१ जना रहने भएका छन्।

दिउँसो १ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रधानमन्त्री ओली थाइल्याण्डका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ। त्यसअघि उनले पत्रकार सम्मेलन गर्दै आफ्नो भ्रमणबारे जानकारी दिनेछन्।

प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल भ्रमण टोलीमा समावेश छन्।

यसका साथै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी तथा सञ्चारकर्मीसमेत गरी २१ जनाको टोली थाइल्याण्ड जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ