नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीमा अनशनमा बसेका छन्। आफ्नो माग सम्बोधन नभएसम्म संघर्ष जारी राख्ने अडान शिक्षकहरूले लिएका छन्।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, सरकारले विगतमा गरेको सहमति कार्यान्वयन गरी विद्यार्थी, शिक्षक र कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्नुपर्ने माग राखिएको छ। पाँच दिनदेखि निरन्तर धर्नामा बसेका शिक्षकहरूले अनशन चैत १५ गतेसम्म जारी राख्ने बताएका छन्।
बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म अनशन बस्ने गरिएको छ। सरकारले समयमै माग पूरा नगरे थप आन्दोलन चर्काउने चेतावनी महासंघले दिएको छ।