+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

संघीय संसदका दुई समितिको बैठक आज, भन्सार कानून र पानीजहाज व्यवस्थापनमा छलफल

जनवाच
१ महिना अगाडी

काठमाडौँ । संघीय संसद अन्तर्गत आज दुई महत्वपूर्ण समितिका बैठकहरू बस्दैछन् । प्रतिनिधिसभाको अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ, जसमा भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिनेछ ।

त्यस्तै, राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १ बजे बस्ने तय भएको छ । उक्त बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को विषयमा छलफल हुनेछ । विशेषगरी पानीजहाज कार्यालयका पदाधिकारीहरूसँग यस सम्बन्धमा राय–विमर्श गरिने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ